सुदुरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि

 काठमाडौं– सुदुरपश्चिम प्रदेशमा मंगलवार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा जिल्ल अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाादभूसालले अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका २ जनामा संक्रमण पुष्टि भएको भूसालले बताए। डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ।