म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४ औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ ।

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । यता, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ ।

आज नै हुने अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ । चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ ।

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ ।