१२ को नतिजा मङ्सिर २० भित्र आउने

काठमाडौँ-कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई परीक्षण तथा तालिकीकरणको काम सकेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआएमा मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *