कलकत्ताः भारत(म्यानमार सीमा क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भारतको उत्तरपूर्वि क्षेत्र ऐजवल क्षेत्रमा शुक्रबार बिहानै सो भूकम्प गएको हो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार सो भूकम्प १२ किलोमिटर गहिराइबाट उत्पन्न भएको हो।
बंगलादेशको चिट्गौङ, भारतको कोलकत्ता र म्यानमार सीमा आसपास क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको बताइएको छ। भूकम्पका कारण हालसम्म कुनै पनि क्षतिको विवरण उपलब्ध नभएको अधिकारीहरुले बताएका छन्।