भारतमा पुरुषभन्दा महिलाको जनसंख्या बढी

 भएको छ। भारतको इतिहासमा पहिलो पटक पुरुषभन्दा महिलाको जनसंख्या बढी भएको हो।

छोरीभन्दा छोरालाई मान्यता दिने भारतको सामाजिक मान्यताअनुसार कैयौं छोरीको भ्रुण हत्या हुने गरेकाले त्यहाँ हालसम्म महिला जनसंख्या पुरुषको तुलनामा कम हुने गरेको बताइएको छ। हालः देशमा महिलाको जनसंख्या बढ्नु सकारात्मक रहेको भारतको जनसंख्या विभागकी निर्देशक पुनम मुतर्जीले बताएकी छन्।

भारत सरकारको आयोजनामा नेसनल फ्यामिली र हेल्थ सर्भेले सन् २०१९ देखि सन् २०२१ नोभेम्बरसम्ममा गरेको नयाँ सर्वेक्षणले सो तथ्यांक सार्वजनिक गरेको हो। जसमा १ हजार पुरुषमा १ हजार २० महिला रहेको सो तथ्यांकले देखाएको छ।

करिब ६ लाख ५० हजार घरधुरीमा गरिएको सो सर्वेक्षणले भारतको प्रजनन दर पहिलो पटक घटेको समेत देखाएको छ। ग्रामिणभन्दा शहरी इलाकामा १।६ को दरले प्रजनन दर घटेको सर्वेक्षणले देखाएको हो। यसले जन्मदरमा कमी ल्याएको र देशको जनसंख्या वृद्धिमा सन्तुलन कायम गर्न मद्धत पुग्ने बताइएको छ। हालः भारतको जनसंख्या करिब १ अर्ब ४० करोड रहेको छ।