क्षतीपूर्ति र कारवाहीको माग राख्दै ज्यान गुमाउनेका आफन्तद्वारा सडक अवरुद्ध गर्दै

सुर्खेत – दैलेख सडक खण्डको लादेमा भएको मिनि बस दुर्घटनामा ज्यान गुमाएका मृतकको आफन्तले दैलेख सुर्खेत सडक अवरुद्ध पारेका छन् । बस दुर्घटनामा परी मृत्यु भएका मृतकका आफन्तहरुले क्षतिपूर्तिका माग गर्दै विहानैदेखि सडक ठप्प पारेका हुन् ।

मृतकका आफन्तले सडकमा टायर बालेर सडक नै अवरुद्ध बनाउँदा यात्रुहरु गन्तव्यमा पुग्न नपाई अलपत्र परेका छन् ।

गत शनिबार सुर्खेतबाट कालिकोट जाँदै गरेको बस दैलेखको दरबारेभीरमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । झण्डै दर्जन बढी यात्रु घाइते भएका थिए ।

 ।