क्रिकेटको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान

काठमाडौं -नेपाल क्रिकेट संघ क्यानले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदको लागि आज दरखास्त आह्वान गरेको छ ।

डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको हो ।

क्यान बोर्ड बैठकले दशैँ अघि नै मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।