लिभरपुलको जितमा फिरमिनोको ह्याट्रिक

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको छ। शनिबार भएको खेलमा लिभरपुलले वार्डफोर्डमाथि ५(० को रवाफिलो जित निकाल्दा उसका स्ट्राइकर रोबर्टो फिरिमिनोले ह्याट्रिक पुरा गरे।

त्यस्तै‚ लिभरपुलको जितमा थप दुई गोल साडिओ माने र मोहम्मद सलाहको नाममा रह्यो। माने प्रिमियर लिगमा १०० गोल पुरा गर्न सफल भए। उनले ९ मिनेटमा गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। उनी प्रिमियर लिगमा सयौं गोल पुरा गर्ने तेस्रो अफ्रिकन खेलाडी समेत बने।

त्यस्तै लिभरपुलका स्टार स्ट्राइकर मोहमद्ध सलाहले ५४ औ मिनेटमा गोल गर्दै आफ्नो निरन्तर गोल यात्रा जारी राखे। सलाहले प्रिमियर लगम सर्वाधिक गोल गरेका अफ्रिकन खेलाडी डिडिओ ड्रोग्बाको १०४ गोलको कीर्तिमान बराबरी गरे।

फिरमिनोले २०१८ पछि पहिलो ह्याट्रिक गरेका हुन्। यो जित सँगै लिभरपुलले ८ खेल सम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो। उसले लिग अंक तालिकामा १८ अंक बनाएको छ। जसमा ५ जित र तीन बराबरी रहेका छन्।