मिनिबस दुर्घटना अपडेट :२ जनाको मृत्यु

अपडेट

सुर्खेत – दैलेखबाट सुर्खेत आउँदै गरेको बस लादेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का युवा शुशिल राउत र दैलेखकै भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्य रहेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

सामान्य घाइते ७ जनाको प्रदेश अस्पताल, देउती र माया नर्सिङ होममा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।बस दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको देउती नागरिक यातायातको मिनिबस लादेमा अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो ।