बेल्जियमविरुद्ध फ्रान्सको उत्कृष्ट पुनरागमन

काठमाडौं – बेल्जियमविरुद्ध दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्स यूईएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । थियो हर्नान्डेजले खेलको अन्तिम मिनेटमा गोल गरेपछि बिहीबार राति भएको खेलमा फ्रान्स ३–२ गोलअन्तरले विजयी भएको थियो ।

पहिलो हाफको अन्त्यतिर फ्रान्सले चार मिनेटको अन्तरमा दुई गोल खाएको थियो । ३७ औँ मिनेटमा यानिक कारास्कोले बेल्जियमलाई अग्रता दिलाएका थिए भने लगत्तै रोमेलु लुकाकुले गोल गदै रोबर्टो मार्टिनेजको टोलीको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा भने फ्रान्स खेलमा फर्कियो । ६२ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा करिम बेन्जेमाले फ्रान्सका लागि एक फर्काए । ६९ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत बराबरी गोल गरे । त्यसपछि खेलको अन्तिम मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई रोमाञ्चक जीत दिलाए ।

अब फ्रान्सले फाइनलमा आइतबार स्पेनको सामना गर्नेछ । तेस्रो स्थानका लागि बेल्जियम र यूरोपियन च्याम्पियन आइतबार नै इटाली प्रतिस्पर्धा गर्नेछन् ।