सेमेस्टरमा मुल्याङ्कन र शिक्षण विधि सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

सुर्खेत –  सेमेस्टरमा मुल्याङ्कन र शिक्षण विधि सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठि बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । शिक्षण विधिलाई प्रभावकारी बनाउने उद्देश्यले त्रिभूवन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सुर्खेत मोडेल कलेजको आयोजना गरेको सुरु भएको कार्यशाला तीनसम्म संचालन हुनेछ ।

कार्यशाला त्रिभुवन विशवविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य महानन्द चालिसेको बिशेष आतिथ्यता र सुर्खेत मोडेल कलेजका अध्यक्ष पशुराम खड्काको अध्यक्षतामा सूरु भएको हो । त्रिभुवन विशवविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले समेस्टर प्रणाली चूनौतिको बाबजुत पनि प्रभापकारी बन्दै गएको बताए ।

उनले अहिले विश्वपरिवेशमा नै सेमेस्टर प्रणाली आवश्यक रहेको भन्दै शिक्षकहरुलाई मेहेनत गरेर शिक्षण विधिललाई प्रधावकारी बनाउनुपर्नेमा जोड दिए । समेस्टर प्रणाली विद्यार्थी हरुको हितमा भएको उनकाे  भनाई छ ।

कार्यशाला गोष्ठीमा कर्णाली प्रदेशसहित लुम्बनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न क्याप्सनका उपप्रध्यापकहरुको सहभागिता रहेको सुर्खेत मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यले जानकारी दिए ।