सुर्खेत – डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ९ का एक सय सत्तरी घरधुरीलाई निशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत वडाका सम्पुर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिवार एक औपचारीक कार्यक्रमका बिच मोतिपुर,डाँगीबाडा लगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।
नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कुल सत्तरी लाख अनुदान सहयोगमा सम्मुर्ण वडाबासी लाभान्वितहुने गरि सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए । जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुईसय वाटको प्यानल र एकसय पचास एम्पियरको ब्याट्री निशुल्क रुपमा वितरण गरिएको भण्डारीको भनाई छ ।
वर्तमान अवस्थामा सेवा दिइरहेको दुनै स्थित जैरीगार्ड जलविद्युतको घण्टौ लोडसेडिङ्ले जनताले हैरानी खुप्नु परेकाे थियाे ।
“सुरुमा नगरकार्यपालिकाले हाम्रो माग अश्विकार गरेको थियो,यद्यपी वडा नं का जनप्रतिनिधिको तीब्र दबावले नगरसभाबाट प्रस्ताप पास भएको हो,जनताको माग अनुसार योजना दिँदा हामि पनि खुशी छौँ,जनताहरु अझ धेरै खुशी भएकाछन् ।” वडाध्यक्ष भण्डारीले भने ।