छडको भाउ बढ्यो, एक तले घरमा कति लाग्छ खर्च

काठमाडौं – प्रतिस्थापन विधेयक बजेटमार्फत् सरकारले फलामे छड बनाउने कच्चा पदार्थ बिलेटको आयातमा कर बढाएको छ। योसँगै केही व्यवसायीले छडको मूल्य बढाएका छन्।

व्यवसायीहरूका अनुसार बजेटपछि एकरदुई रूपैयाँ गर्दै छडको मूल्य बढिरहेको छ। यसरी किलोमा चार रूपैयाँसम्म बढिसकेको न्यु कटुवाल डन्डी उद्योगका सञ्चालक मोहन कटुवालले जानकारी दिए।

कर बढाएपछि अहिलेसम्म डन्डीको भाउ किलोमा चार रूपैयाँसम्म बढेको छ, उनले भने, सम्बन्धित निकायले अनुगमन नगर्ने हो भने अझै बढ्छ।

कर बढाएपछि केही व्यवसायीले बिलेट आयात समेत रोकेका छन्। साखः टोर स्टिल्सका प्रवन्धक तथा नेपाल स्टिल तथा रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष किरण साखः कर बढेपछि आफूहरूले बिलेट आयात नगरेको बताउँछन्।

नययमपलष्नजतकबलष्mब दयह बम द्द
त्यति धेरै भन्सार तिर्नुपर्ने भएपछि हामी कसरी बिलेट आयात गर्न सक्छौं, उनले भने, बजेट पुनः संशोधन गर्नुपर्छ।

त्यस्तै हामा स्टिलको भाउ पनि मंगलबारदेखि किलोमा चार रूपैयाँ बढेको छ। हामाको आधिकारिक वितरक ओम कार्की हार्डवयर सेन्टरका सञ्चालक कुमार कार्कीका अनुसार उक्त कम्पनीको छडको कारखाना मूल्य बढेर अहिले ९१।५० रूपैयाँ कायम भएको छ।

यो भ्याट र बिक्रेताको नाफा बाहेकको भाउ हो। उपभोक्तासम्म आइपुग्दा हामा स्टिलको बजार मूल्य प्रतिकिलो एक सय सात रूपैयाँ पुगेको कुमारले जानकारी दिए।

ुकारखानाबाट मूल्य बढेपछि हामीले १३ प्रतिशत भ्याट, ढुवानी र नाफा जोड्छौं,ु कुमारले भने, ुसोहीअनुसार उपभोक्ताले खरिद गर्दा सबै डन्डीमा मूल्य बढेर आउँछ।

सोझै बिलेट आयात गरी छड बनाउने केही कम्पनीले सरकारको निर्णयबाट आफूहरूलाई मर्का परेको भन्दै विरोध गरिरहेका छन्। अरू केहीले भने बिलेट बनाउने कच्चा पदार्थ स्पन्जमा शून्य कर भएको भन्दै सरहाना गरेका छन्। स्पन्ज ल्याएर बिलेट बनाउने र त्यसबाट छड बनाउँदा झन् सस्तो हुने उनीहरूको भनाइ छ।

जगदम्बा स्टिल्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि सरकारको निर्णयमा खुसी व्यक्त गरेका छन्। कम्पनीले डन्डीको मूल्य बढाएको छैन। उनका अनुसार जगदम्बा डन्डीको कारखाना मूल्य हाल ८४ देखि ८५ रूपैयाँ प्रतिकिलो छ जुन बजेटअगाडिकै भाउ हो।

एक हजार वर्गफिटमा बन्ने चार कोठाको घर बनाउँदा छडमा कति खर्च लाग्छ

निर्माण तथा परामर्श कम्पनी बिल्ड इनोभेसनका निर्देशक तथा इञ्जिनियर सुवास अधिकारीका अनुसार कुनै पनि संरचना बनाउँदा त्यसमा राखिने पिलर, भित्रको पर्खाल आदिले छडको लागत निर्धारण हुन्छ।

ुजग राख्दा कम्तीमा पाँच फिट गहिरो हुनुपर्छ। जगबाट पिलर उठाउँदा प्रति पिलर एक सय पच्चीस किलोभन्दा बढी डन्डी लाग्छ, उनले भने, १२ वटा पिलरमा एक हजार पाँच सय किलोभन्दा बढी डन्डी अनुमान गर्नुपर्छ।

जगसँगै राखिने बिममा १२ मिमीको डन्डी र ८ मिमीको रिङ प्रयोग गर्नुपर्ने हुन्छ। अधिकारीका अनुसार यहाँ जम्मा छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।

हामीले यहाँ एक हजार वर्गफिटमा बन्ने एकतले घरका लागि १२ वटा पिलर राखेर डन्डी मापन गरेका छौं।

डिपिसी बिमका लागि पनि छ सय बीस केजीभन्दा बढी डन्डी प्रयोग हुन्छ।

यसपछि झ्यालमा तल र माथि गरी १० मिमीको डन्डी र हुक तीन सय केजीभन्दा बढी लाग्छ। यहाँ चार कोठे घरमा प्रति कोठा दुइटा झ्यालको हिसाब गरिएको छ।

भर्‍याङमा १२ मिमीको डन्डी प्रयोग हुन्छ। एक तला मात्रै घर बनाइने भएकाले लगभग नब्बे केजी लाग्छ।

पहिलो तलाको बिममा छत अडिएको हुन्छ। छ सय बीस केजीभन्दा बढी डन्डी यहाँ प्रयोग हुन्छ। समग्रमा पहिलो तलामा तीन वटा बिम हुन्छ जहाँ बराबर डन्डी आवश्यक पर्छ।

छतमा सबभन्दा धेरै डन्डी प्रयोग गर्नुपर्छ। यहाँ १० र ८ मिमीका डन्डी प्रयोग गरिन्छ। जम्मा छतका लागि करिब दुई हजार दुई सय केजी डन्डी लागत अनुमान गर्नुपर्ने हुन्छ। यति भएपछि पहिलो तलाका लागि डन्डीको मात्रा पूरा हुने अधिकारीले बताए।

माथिको लागत अनुमान अनुसार जगदेखि एकतले घरका लागि पाँच हजारदेखि छ हजार किलो डन्डी अनुमान गर्नुपर्छ। पहिलो तलामा जगको काम पनि गर्नुपर्ने भएकाले लागत बढी हुन्छ। दोश्रो तलामा तुलनात्मक रूपमा कम डन्डी लाग्छ।

मुख्य डन्डीबाहेक करिब एक सय पचास किलो ुबाइन्डिङ वायरु प्रयोग हुने अधिकारी बताउँछन्। साथै डन्डीको आकार अनुसार मूल्य फरक पर्छ।

 मिमी र योभन्दा कम आकारको डन्डी सामान्यतया किलोमा पाँच रूपैयाँसम्म महँगो हुन्छ। २५ मिमीभन्दा मोटो डन्डीको मूल्य पनि बढी हुन्छ, अधिकारीले भने, १० मिमीदेखि २५ मिमीसम्मको डन्डी बजारमा सामान्य मूल्यमा पाइन्छ।

अहिले भाउ नबढाएका केही कम्पनीबाहेक अरू छडको उपभोक्ता मूल्य करिब एक सय ७ रूपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

माथिको अनुपातलाई यही मूल्यसँग तुलना गर्दा एक हजार वर्गफिटभन्दा कम क्षेत्रफलमा बन्ने एक तले घरका लागि करिब साढे पाँच लाखदेखि साढे छ लाख रूपैयाँ छडमा खर्च हुन्छ।

भाउ नबढाएका कम्पनीका छड प्रयोग गरे ५० हजार रूपैयाँसम्म सस्तो पर्न जान्छ।

बजार मूल्य परिवर्तन हुँदा लागत स्वतः घटबढ हुन्छ।

माथिको जानकारी अनुसार डन्डी प्रयोग गर्दा दुई तलासम्मको घर बनाउन सकिन्छ। तर त्योभन्दा धेरै तला थप्नु जोखिम हुनाले इञ्जिनियरको सल्लाह लिनुपर्ने अधिकारी बताउँछन्।

आवासीय घर बनाउँदा छडको सही छनोट कसरी गर्ने

२०७२ सालको भुइँचालोपछि फलामे छड निर्माण कम्पनी र उपभोक्ता संख्या बढेको छ। प्रतिस्पर्धी बजारमा सबै कम्पनीले आफू अब्बल रहेको दावी गरिरहेका हुन्छन्। धेरै उपभोक्तालाई भने घरमा कस्तो छड प्रयोग गर्ने भन्ने अलमल भइरहेको हुन्छ।

इञ्जिनियर सुवास अधिकारीका अनुसार छड किन्ने बेलामा ध्यान दिनुपर्ने मुख्य कुरा ग्रेड र गुणस्तर हो।

साधारणतया छडको ग्रेड जति बढी भयो, त्यति नै बलियो मानिन्छ। आवासीय घर निर्माणमा एफइ ५०० र एफइ ४१५ ग्रेडका छड धेरै प्रयोग हुन्छ। छडको ग्रेड, भारवहन क्षमताका साथै लचकताबारे उत्तिकै सचेत हुनुपर्छ।

ग्रेडले छडको बलियोपन बुझाउँछ। उच्च ग्रेडका छड भए थोरै परिमाणले काम चल्छ र बलियो पनि हुन्छ, अधिकारीले भने, लचकता बढी भएको छडले घर भूकम्प प्रतिरोधी बनाउन सहयोग गर्छ।ु

ध्यान दिनुपर्ने अर्को कुरा छडको गुणस्तर हो।

निर्माण कम्पनीले बजारमा पठाएको छडको प्रयोगशाला परीक्षण गरेको हुनुपर्छ। उपभोक्ताले माग गरेको अवस्थामा कम्पनी वा आधिकारिक डिलरले उक्त रिपोर्ट देखाउनुपर्छ।

त्यस्तै नापतौल तथा गुणस्तर विभागले छडको गुणस्तर मापन गरेर एनएस चिह्न प्रदान गरेको हुन्छ। छडमा तोकिएको मापदण्ड पूरा नभए उत्पादन निषेध गरिने नियम भएको अधिकारीले जानकारी दिए।

ुछड धेरै किन्दा होस् वा थोरै, प्रयोगशालाको पछिल्लो रिपोर्ट र गुणस्तर चिह्न हेर्न बिर्सिनु हुँदैन,ु उनले भने, कम्पनी वा आधिकारिक विक्रेताले रिपोर्ट दिन मानेनन् भने आफैंले पनि गुणस्तर जाँच गराउन सक्छौं।

घर डिजाइन गर्ने कम्पनीहरूले प्रयोगशाला परीक्षण गर्ने र सरकारी तहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा छडको गुणस्तर जाँच हुने उनले जानकारी दिए।

बेलाबेलामा कम गुणस्तरका छड भेटिएको र यस्ता उत्पादकलाई गुणस्तर विभागले कारबाही गरेको खबर पनि सुनिन्छन्। त्यसैले सानो होस् वा ठूलो निर्माणका लागि, नबिर्सिकन त्यो छड गुणस्तर चिह्न प्राप्त हो कि होइन यकिन गर्नुपर्छ। निर्माण सुरू गर्नुअघि नै प्रयोग गरिने छडबारे राम्ररी बुझ्नुपर्छ।

कहिलेकाहीँ नाम चलेका कम्पनीबाटै गडबढी भएको हुन्छ। यो कुरामा ध्यान दिनुपर्छ,ु उनले भने, कवाडी फलाम पगालेर बनाएको डन्डी पर्‍यो भने निर्माण कमजोर हुन्छ। कम गुणस्तरका डन्डी कम मूल्यमा पाइने पनि हुन्छ। सस्तोमा पाइयो भन्दैमा किन्नु जोखिमपूर्ण हुन्छ।ु

सामान्यतया हामीले एकपटक घर बनाउँछौं। यसमा वेवास्ता गरे जोखिम र हैरानी दुवै बेहोर्नुपर्ने हुनसक्छ। यदि आफूलाई छडबारे जानकारी छैन भने घर निर्माण जिम्मा दिइएको इञ्जिनियरसँग सोधपुछ गरी बुझ्न पनि उनी सुझाउँछन्।

अहिले बजारमा ुथर्मो मेकानिकल ट्रिटमेन्टु प्रक्रियाद्वारा उत्पादित छड चल्तीमा छ। यसलाई सामान्य भाषामा टिएमटी छड भनिन्छ। व्यापारिक तथा आवासीय भवनमा टिएमटी छड नै प्रयोग भइरहेको अधिकारीले जानकारी दिए।

यस्तो छड ८, १०, १२, २० मिमी लगायत आकारमा उपलब्ध हुन्छ। घर बनाउने जमिन र संरचनाका आधारमा इञ्जिनियरले सुझाएअनुसार विभिन्न आकारका छड प्रयोग गर्नुपर्छ।

-मिरा खतिवडा सेतोपाटी ।