वेस्टह्याममाथि युनाइटेडको संघर्षपूर्ण जित

 

एजेन्सी – इंग्लिस प्रमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याममाथि संघर्षपूर्ण जित निकालेको छ। खेल सकिन एक मिनेट बाँकी हुँदा युनाइटेडले निर्णयक गोल गरेको थियो।

युनाइटेडका जिसे लिङ्गार्डले ८९औं मिनेटमा निर्णायक गोल गरे। वेस्टह्यामको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले सुरूवाती अग्रता बनाएको थियो। जार्रोड बेवेनले दिएको पासमा सेड बेर्न्हमाले गोल गर्दै वेस्ट ह्यामलाई ३० औ मिनेटमा अग्रता दिलाएका थिए।

तर त्यसको पाँच मिनेट नबित्दै युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिश्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए। त्यसपछि दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि सफल भएनन्। दोस्रो हाफको अधिकांश समय समेत १(१ को अवस्थामा रहेको खेलमा ८९औं मिनेटमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई २(१ को जित दिलाए।

इन्जुरी समयको पाँचौं मिनेटमा पाएको पेनाल्टीमा वेस्ट ह्याम कप्तान मार्क नोबल गोल गर्न चुक्दा घरेलु टोली बराबरीबाट बञ्चित भयो। जितसँगै युनाइटेड ५ खेलबाट १३ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित वेस्ट ह्यामको समान खेलबाट ८ अंक जोड्दै आठौं स्थानमा छ।

जितपछि पाँच खेलमा १३ अंक जोडेको म्यानचेस्टर युनाइटेडलाई गोलअन्तरमा पछि पार्दै शीर्ष स्थानमा उक्लियो।