काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो ।
ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।
सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।
कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४र४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।
आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।
सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।
त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।
लिग(२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
#खेलपाटी