मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

 काठमाडौं – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ ।

गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ‘ऐतिहासिक’ भनेको छ ।