एमालेका उपाध्यक्ष वामदेव गाैतमद्वारा पार्टीबाट राजीनामा

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई गौतमले राजीनामा बुझाउनुभएको छ । गौतमले आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाउनुभएको तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गर्नुभएको थियो । जनताको बहुदलीय जनवाद जबज नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताउनुभएको छ ।