भेरी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

सल्यानकी ६६ बर्षीया महिला र दाङकी ९५ बर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ। सल्यानकी महिलाको हिजो बेलुका र दाङकी महिलाको आज बिहान मृत्यु भएको कार्यालय प्रमुख तेज वलीले जानकारी दिए।

यो सहित बाँकेमा कोरोनाका कारण ३ सय २९ र अन्य जिल्लाबाट उपचारका लागि पुगेका ४ सय संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *