ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ! : कृषि मन्त्री कुर्मराज शाही

सुर्खेत – बलात्कारको आरोप खेपिरेहेका कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीले आफू जोगिन को लागि एमाले संसदीय दलका नेता यामलाल कँडेलले भिडियो बनाउन लगाएको आरोप लगाएका छन ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको मन्त्रीसहितको यौन क्रियाकलपाको भिडियो बारे पत्रकार सम्मेलनमा शाहीले कोठामा छिरेको देखिने व्यक्ति मैहुँ तर केटीसँग त्यसपछि भएका कार्यहरु सत्य नभएको उनले दावी गरेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री शाहीले केटीसँग आफ्नो कुनै परिचय नभएको जानकारी दिएका छन् ।प्रश्न गर्दै शाहीले भने ‘कोठामा जाउँला, बाटोमा हिडुँला ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ,’ , ‘पीडित युवतीले नै म बलात्कार भएको हैन् भनिसक्दा पनि फण्डा मच्चाउन राम्रो हैन् ।’

शाहीले भिडियो पूर्ण रुपमा ईडीट गरेर सार्वजनिक गरिएको दावी गरेका छन् । ‘भिडियो बारे थाहै थिएन्, एक्काशी भाइरल बनाइरहेको हिजो मात्रै थाहा पाए,’ शाहीले भने, ‘काइनमाष्टरमा ईडीट गरेर राखिएको हो । कोठामा गएको सत्य हो । त्यसपछि कुनै अनैतिक कार्यहरु भएका छैनन् ।