बेपत्ता पारिएका नागरिक तत्काल सार्वजनिक गर्न माग

काठमाडौं – न्यायका लागि द्वन्द्व पीडित समाज नेपालले बेपत्ता पारिएका नागरिकलाई तत्काल सार्वजनिक गर्न माग गरेको छ । समाजले बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै १० वर्षे सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकाहरूको अवस्था शान्ति प्रक्रियाको १५ वर्षसम्म पनि राज्यले सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ ।

समाजले विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिवद्धता अनुरूप यथाशीघ्र सार्वजनिक गरी पीडितको सत्य तथ्य र परिपुरणको अधिकार सुनिश्चित गर्ने लगायतका ५ बुँदे माग पनि राखेको छ ।