काठमाडौं – बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा कैलालीकी ५२ वर्षीया महिला र बर्दियाकी ७० वर्षीय महिलाको गएराति कोरोना संक्रमणबाट निधन भएको हो।
कैलालीकी महिलालाई संक्रमण भएपछि हिजो नै अस्पताल भर्ना गरिएको थियो। उनको गएराति ८ बजे निधन भएको हो। यस्तै बर्दियाकी महिला चार गते अस्तपाल भर्ना भएकी र आज विहान १ बजे निधन भएको वलीले बताए।
कोरोना संक्रमणबाट बाँके जिल्लाका ३ सय २७ जनाको मृत्यु भएको छ भने अन्य जिल्लाबाट बाँकेका विभिन्न अस्पतालमा उपचाररत ३ सय ९५ जनाको संक्रमणबाट ज्यान गएको छ।