लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्।

सुवेदीले सोमबार प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन्। उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षितले सुवेदीलाई शपथ ग्रहण गराएकी हुन्।

प्यूठानका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।