तालिबानका प्रवक्ताको दाबी : अफगानिस्तानमा महिलाहरू पढ्न र काम गर्न स्वतन्त्र छन्

एजेन्सी – तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि महिलामाथि हुने हिंसाबारे चिन्ता बढेको छ। अफगानिस्तानमा महिलाको जीवनमा तालिबान शासनको प्रभावको बारेमा अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको हो।

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससम्मले महिलाको स्थितिबारे चिन्ता व्यक्त गरेका छन्।

गुटेरेसले मंगलबार ट्वीट गर्दै भनेका छन्, अफगानिस्तानमा चलिरहेको द्वन्द्वले गम्भीर मानवअधिकार उल्लंघनका रिपोर्टका बीच हजारौं मानिस पलायन भएका छन्। त्यहाँ सबै प्रकारका यातना बन्द गर्नैपर्छ। अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकार धेरै संघर्षपछि सफलता मिलेको छ। महिला र छात्राहरूको अधिकार संरक्षित हुनुपर्छ।ु

यसैबीच, तालिबानका प्रवक्ता सुहेल शाहीनले तालिबान शासनमा रहेका महिलाहरूको जीवनको बारेमा विश्वका नेताका चिन्ताबारे बोलेका छन्। प्रवक्ताले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि आगामी सरकारमा महिलाहरूलाई काम गर्ने र अध्ययन गर्ने स्वतन्त्रता दिनेछ। बीबीसी संवाददाता याल्दा हकीमसँग कुरा गर्दै शाहीनले तालिबान शासन अन्तर्गतको न्यायपालिका, शासन र सामाजिक प्रणालीको बारेमा विस्तृत रुपमा कुरा गरेका छन्।

के महिलाहरू तालिबानी शासनमा न्यायाधीश बन्न सक्नेछन् ?

यसमा कुनै संदेह छैन कि त्यहाँ न्यायाधीश हुनेछन्। तर महिलाहरूले सहयोगीको काम पाउन सक्छन्। उनीहरूले अरु के काम पाउन सक्छन् र के पाउदैनन् भन्ने कुरा भावी सरकारमा निर्भर हुनेछ।

मानिसहरू कहाँ काम गर्न र जान सक्छन् भन्ने कुरा भावी सरकारले निर्णय गर्ने छ ?

यो भावी सरकारमा निर्भर गर्दछ। हामीले शिक्षा क्षेत्रको लागि काम गर्नुपर्ने छ। यहाँ अर्थव्यवस्था र सरकारको लागि धेरै काम हुनेछन्। प्रमुख कुरा के भने महिलाहरूलाई काम र अध्ययन गर्ने स्वतन्त्रता दिइनेछ।

नयाँ सरकारमा पहिले जस्तै, महिलाहरू घरबाट बाहिर जानको लागि एक बुबा, भाइ वा पति, जस्तै एक पुरुषको आवश्यकता पर्ने छैनरु

बिल्कुल, उनीहरूले इस्लामी कानून अनुसार सबै गर्न सक्छन्। विगतमा जस्तै महिलाहरू सडकमा एक्लै हिंडेको देख्न सकिनेछ।

हामीसँग कुराकानी गरेका महिलाहरूले बुबा, भाइ र पतिसँग मात्र घरबाट बाहिर निस्कने अनुमति थियो। नत्र धार्मिक प्रहरीद्वारा कुटाइ खाएका थिए तरु

होइन, यो थिएन र फेरि हुनेछैन।

तालिबानको पुनरागमनले चिन्तित महिला र छात्राहरूलाई के भन्न चाहनुहुन्छ ?

उनीहरू डराउनु हुँदैन। हामी उनीहरूको सम्मान, सम्पत्ति, काम गर्ने र अध्ययन गर्ने अधिकारको रक्षा गर्न समर्पित छौं। उनीहरूले तालिबान सरकारबाट काम र अध्ययनको लागि राम्रो अवस्था पाउनेछन्।

मैले केही तालिबान कमाण्डरहरूसँग कुरा गरेको छु। उनीहरूको कानुनी प्रणालीमा गलत कामलाई मृत्यु दण्डको सजाय दिन चाहन्छन् ९ढुंगाले हानेर हत्या०। वा सार्वजनिक स्थानमा हात र खुट्टा काट्ने।के तपाइँ पनि यस्तै कानुनमा विश्वास गर्नुहुन्छरु

यो एक इस्लामी सरकार हो, यी सबै इस्लामी कानुनहरू धार्मिक फोरम र अदालतमा सबै निर्णय गर्नेछ।

केही दिन अघि तालिबानका नेता जबीउल्लाह मुजाहिदले पनि यही मुद्दामा इस्लामी कानुनसँग सम्बन्धित रहेको बताएका थिए। उनले भनेका थिए, ुयो शरियतसँग सम्बन्धित मामला हो। मैले यस मामलामा सबैलाई भन्न चाहन्छु कि हामी शरियतको सिद्धान्तहरूलाई परिवर्तन गर्न सक्दैनौं।