सुर्खेत – लेडिज जेसिस सुर्खेतद्धारा आयोजित बक्तृत्वकला प्रतियोगितामा सुर्खेत होराइजन एकेडमीमा अध्ययनरत छात्रा चन्द्रा खत्री प्रथम भएकी छन् ।
शनिबार सम्पन्न उक्त प्रतियोगितामा १२ जना विद्यार्थीले भाग लिएका थिए । रेस द ओमेन, रेस द नेशनल भन्ने शिर्षकमा संचालन भएको बक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल छात्रा चन्द्रा खत्री सुर्खेत होराइजन एकेडमीमा कक्षा १२ मा अध्ययनरत छात्रा हुन् ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा अवस्थित होराइजन एकेडमी प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा पछिल्लो समय निकै नाम चलेको विद्यालय हो । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले छात्रा खत्रीलाई बधाइ दिदै विद्यालयले शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएर विद्यार्थीको क्षमता विकास गर्ने गरेको बताए ।
अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास भएमा विद्यार्थीहरुको स्कुले जीवन सकिसकेपछि पनि परिवार र समाज रुपान्त्रणमा सहयोग पुग्ने विद्यालयको अपेक्षा छ । विद्यालयका अनुसार विद्यार्थीहरुलाई क्यारियर मार्गदर्शन, अनुशासन, संचार क्षमता, नेतृत्व विकास तालिम लगाएत अन्य स्कुलका तालिमहरु दिने गरिएको छ । भने विद्यालयमा आवश्यक दक्ष जनशक्ति तथा भौतिक संरचनाको समेत व्यवस्था छ ।