सुर्खेत- कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा मृत्यु शून्य छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हाल सम्म मृत्यु हुनेको संख्या तिन सय ५८पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा एक सय ३६ र एन्टिजेनबाट ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या ३१४९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २९ हजार १ सय ७ पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।