एमसीसी खारेज गर्न ओली पक्षकै सांसदको माग

काठमाडौं – नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् ।

सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् । उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् । एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र रु दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’

सांसद पालले थपिन– ‘यदि एमसीसी संसदबाट पारित भएको खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसीसीबाट अनुमति लिनुपर्नेछ । यिनै आधारहरू काफी छैनन् र रु एमसीसी खारेज गर्नका लागि रु विकासका लागि भन्दै सहायताका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन ।’