मातृकाले ओलीविरुद्ध प्रयोग गरेका शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले प्रयोग गरेका असंसदीय शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुले शुक्रबारको बैठकको सुरुमै अवरोध गरेपछि सभामुख सापकोटाले बिहीबार विशेष समयमा यादवले बोल्ने क्रममा प्रयोग गरेका संसद नियमावली प्रतिकुल हुने शब्दहरू हटाउन निर्देशन दिएका हुन्।

‘माननीय मातृका यादवले संसदको हिजोको विशेष समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको मेन्टल्ली फिजिकल्ली रुपमा फिट हुनुहुन्न भन्ने शब्दहरू प्रतिनिधिसभा नियमावलीको नियम २१ खण्ड ९ङ० को प्रतिकुल देखिएकाले संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सापकोटाले भने ।

यादवले हिजो बैठकमा बोल्ने क्रममा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीको मानसिक तथा शारिरिक स्वास्थ्य अवस्थाबारे टिप्पणी गरेका थिए। सभामुखको रुलिङपछि एमालेले बैठक संचालन गर्न दिएको छ।

त्यसअघि बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओली सरकारबाट बाहिरिसक्दा पनि अहिले पनि सत्तापक्ष जसरी उनलाई नै गाली गरिएको भन्दै आपत्ति जनाएका थिए। थाहाखबर ।