काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ ।