छिनेको कम्मर बनाउन खानुस् यी खानेकुरा

काठमाडौं –  फाइदाजनक मानिन्छ । ठूलो सेतो चना र भात, रजमा र चामल जस्ता खानेकुरामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । गेडागुडी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । हरिया गेडागुडीले थुप्रै बिरामीहरुबाट बचाउँछ । साथै, यस्ता खानेकुराले शरीरका भित्रि अंगहरुलाई शक्ति प्रदान गर्छ ।

फाइबर
फाइबरका लागि हरिया गेडागुडी फाइदाजनक मानिन्छ । शरीरलाई सही तरिकाले चलाउनका लागि फाइबरको आवश्यकता पर्छ । फाइबरले मुटुको समस्या, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र पाचन प्रक्रियासँग जोडिएका समस्याहरु कम हुन्छ । एक कप सफा राजमामा १९ ग्राम फाइबर पाइन्छ । यसलाई उमालेर यसमा प्याज, टमाटर र गाजर हालेर खाँदा शरीरलाई फाइदा पुग्छ ।

प्रोटिन
यस्ता गेडागुडीमा बोसोको मात्रा कम हुने, कम क्यालोरीयुक्त प्रोटिन हुने भएकाले फाइबर र काब्र्सले भरपुर हुन्छ । एक कपमा लगभग १५ ग्राम प्रोटिन हुन्छ । जुन चामल र गहुँमा भन्दा तीन गुणा धेरै हो । शाहाकारी व्यक्तिहरुले राज र अन्य हरिया गेडागुडीबाट सजिल्यै प्रोटिनको मात्रा पुर्याउँन सक्छन् ।

तौल नियन्त्रण गर्न
गेडागुडीले तौललाई पनि नियन्त्रणमा राख्ने काम गर्छ । मानिसहरु धेरै गेडागुडी खाने गर्दा कम्मर पातलो हुने र शरीरको तल्लो भागमा बोसो कम हुने अध्ययनमा पत्ता लागेको छ । प्रोटिनको लागि गेडागुडीको प्रयोगले तौल सजिल्यै कम हुन्छ । मासुको सट्टामा राजमा खाने गर्नुपर्छ ।

मुटुको लागि
जो व्यक्ति नियमित रुपमा गेडागुडी खान्छन् उनीहरुलाई मुटुको समस्या कम हुँदै जान्छ । अध्ययनका अनुसार यस्ता गेडागुडीले नराम्रो कोलेस्ट्रोललाई घटाउँछ । यदि तपाईंको मुटुमा समस्या छ भने गेडागुडी खाने गर्नुपर्छ । यसका लागि गेडागुडी, चुकन्दर र हरिया सागसब्जी मिसाएर सलाद बनाएर खाने गर्नुपर्छ ।

मधुमेह
यस्ता गेडागुडीले मधुमेहको समस्याबाट बचाउँछ । यसले रगतमा चिनीको मात्रामा कम गर्न मद्दत गर्छ । गेडागुडीलाई उमालेर त्यसमा ओलिभको तेल मिसाएर त्यसमा नुन हालेर खाँदा फाइदाजनक हुन्छ ।

आइरन
रगतमा प्रोटिनको मात्रा बढाउनका लागि शरीरमा आइरनको आवश्यकता पर्छ । हर्मोनका लागि पनि आइरनको आवश्यकता पर्छ । शरीरका हरेक अंगमा आइरनले अक्सिजन प्रवाह गर्छ । भटमासको हरिया दानामा लगभग ९ मिलीग्राम आइरन हुन्छ । नुन पानीमा हरियो भटमासको कोसा उसिनेर खाने गर्नुपर्छ ।

म्याग्नेसियम र जिंक
म्याग्नेसियमले शरीरमा प्रोटिन र हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसका साथै म्याग्नेसियमले रगतमा चिनीको मात्रा स्थिर राख्छ । एक कालो राजमामा १२० मिलीग्राम म्याग्नेसियम पाइन्छ । हरेक दिन शरीरलाई म्याग्नेसियमको आवश्यकता पर्छ । यस्तै, किटाणुसँग लड्न शरीरा कोशिकाहरुमा जिंक जरुरी हुन्छ । जिंकले घाउ भर्नका लागि मद्दत गर्छ ।