बुटवल उपमहानगरका ३ कर्मचारीमा कोरोना संक्रमण

अतिआवश्यक बाहेकका सेवा बन्द 

बुटवल – बुटवल उपमहानगरपालिकाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अतिआवश्यक बाहेकाका सेवाहरु बन्द गरिएको छ ।

जसमध्ये दुई जना शाखा प्रमुख हुन् । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अतिजरुरी परेका, स्वास्थ्य तथा कोभिड-१९ महामारीको रोकथामका बाहेकका अरु कुनै पनि काम नगरपालिकाबाट अर्को सूचना नआउँदा सम्म नहुने बताइएको छ । बुटवल उपमहानगरपालिकामा आइतबार बिहानै १६ जना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार ३ जना नगरपालिकाका कर्मचारीमा संक्रमण पुष्टि भएको छ भने अरु समुदायस्तरका व्यक्ति हन् । संक्रमण पुष्टि भएका २ जना उपमहानगरपालिकाका शाखा प्रमुख हुन् ।

यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो । तीमध्ये यसअघि कन्ट्याक्ट ट्रेसिङमा १५ जनाको एकैपटक स्वाब संकलन गरिएकोमध्येका ७ जना हुन् । १५ जनामध्ये अरुको रिपोर्ट नेगेटिभ आएको छ ।