देशभर ८४७ सुरक्षाकर्मी संक्रमित

 

 

सुर्खेत – सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरि ८४७ सुरक्षाकर्मी नै कोरोना संंक्रमित भएका छन् । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८४७ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाल प्रहरीका ६२० र सशस्त्र प्रहरीका २२७ जना गरी ८४७ जनामा कोरोना संक्रमण पाइएको हो। संक्रमित सुरक्षाकर्मी मध्ये जनपद तर्फका २४० जना डिस्चार्ज भएका छन् भने सशस्त्र तर्फका १२७ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ३० जना सक्रिय संक्रमित छन् ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७ , वाग्मती प्रदेशका १६ र प्रदेश ५ का २ जना संक्रमित छन् ।