कृषिलाई हेर्ने सोच बदलौ समाज परिवर्तनमा जुटौ : मन्त्री के.सी.

सल्यान- कर्णाली प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषिलाई हेर्ने सोचमा परिवर्तन गर्नुपर्ने बताएकिछन् । शनिबार सल्यान खलंगामा आयोजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै कृषि तथा सहकारी मन्त्री केसीले यस्तो बताएकी हुन् ।

कृषिमा व्यवसायिकरण, नयाँ प्रविधि र यान्त्रिकरणमा जोेड भन्दा कृषि र कृषकलाई हेर्ने सोचमा समस्या रहेको उनको भनाई छ । उनलेभनिन् ‘कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा नलिएसम्म कृषि क्षेत्रमा परिवर्तन देख्न सकिदैन । परिश्रम,मेहनत गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ ।’

कृषि क्षेत्रको विकासका लागि कृषकलाई ब्याज अनुदान , सहुलियत ऋण र विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने छन् उनले भनिन् । व्याज अनुदान, सहुलियत ऋण कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति, कानुन निर्माणको काम भई रहेको उनको भनाई छ ।

कृषि मन्त्रालयले कृषकले उत्पादन गरेको वालीको न्यूनतम समर्थन मूल्य कायम गर्ने र विमाको आधारमा कृषिकलाई पेन्सनको तयारीमा रहेको समेत बताइन् । उनले भनिन ‘प्रदेश सरकारले कृषकले उत्पादन गरेको सवै वालिको न्यूतम समर्थन मूल्य तोक्न नसके पनि केही बालीको मुल्य निर्धारण गर्दैछौं’ उनले भनिन् ।