सम्पन्न योजनाको चार करोड बढी रकम फ्रिज

 मुगु – जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा गएको आर्थिक बर्ष ०७६/०७७ मा निमार्ण सम्पन्न भएका योजनाको रकम समेत गाँउपालिकाले भुक्तानी नगर्दा निमार्णमा संलग्न कामदारहरु मर्कामा परेका छन ।

प्रदेश साँसद क्षेत्र बिकास कोष मार्फत संचालित र अन्य निकायबाट बिनियोजित ४ करोड ८५ लाख बराबरको रकम फिर्ता पठाएपछी केही निमार्ण सम्पन्न भएका योजनाको रकम समेत गाँउपालिकाले भुक्तानी नगर्दा निमार्णमा संलग्न कामदारहरु मर्कामा परेका हुन ।

कर्णाली प्रदेश साँसद क्षेत्र बिकास कोष अन्र्तगत सोरु गाँउपालिकाको प्रति योजना २० लाख बराबरका आधा दर्जन बिकास निमार्णका पुर्वधार सम्पन्न भई भुक्तानी लिन मात्र बाकि रहेका बेला गाँउपालिकाका जन प्रतिनीधी र कर्मचारी बिच बिबाद उत्पन्न भएपछी ति आधा दर्जन बिकास पुर्वधारको बजेट फिर्ता जाँदा योजनामा संम्लग्न कामदारले रकम नपाएको बताईएको छ ।

चैत्र महिनामा गाँउपालिकासंग सम्झौता भई असारको दोस्रो हप्ता निर्माण कार्य सम्पन्न गरिसकेका स्थानियहरुले सोरु गाँउपालिका अध्यक्ष लोकबहादुर शाही र गाँउपालिकाका कर्मचारी बिच भएको बिबादका कारण निमार्ण सम्पन्न भई सक्दा समेत प्राबिधीक मुल्याङ्कन नगरेपछी साँसद बिकास कोष अन्र्तगतका कार्यक्रम २०/२० लाखका आधा दर्जन सहित अन्य निकायबाट बिनियोजित भएका योजनाहरुको ४ करोड ८५ लाख बजेट फिर्ता गएको छ ।

प्रदेश साँसद क्षेत्र बिकास कार्यक्रम अन्त्रर्गत सोरु गाँउपालिका प्रति योजनाको २० लाखका दरले बिनियोजित गरेको पुरुमुरु गाँउको आरसिसि बाटो, धैना दई बिधुत, रुमखोला बिधुत, भिई गुरु माबि घेरबार, जडेपानी हुदै खुवाकाँद गोरेटो बाटो र नार्थपु हुदै दाम्कि बिछ्यौंना गोरेटो बाटो निमार्ण सम्पन्न भई सक्दा समेत जन प्रतिनिधी र कर्मचारी बिच भएको बिबादका कारण प्राबिधीकले मुल्याङ्कन गर्न मानेन मुल्याङ्कन गरिदिन प्राबिधकिलाई अनुरोध गर्दा असार अन्तिम सम्म सदरमुकाममै बसेका कारणले रकम फिज्र भएको हो ।

मुल्याङ्कन नगर्दा रकम फ्रिज पठाएपछी कामदार र सिमेन्ट सरिया सहित अन्य सामग्रीको मुल्य भुक्तानी नहुँदा उपभोक्ता समितिका पदाधीकारीलाई तनाब भएको छ ।

पुरुमुरु गाँउका १ सय २० घरधुरीले प्रति ब्यक्ति १३ दिन काम गरेर २ सय ८ मिटर आरसिसि बाटो असार १५ गते निमार्ण गरी रकम भुक्तानीको लागी समयमै बिल भर्पाई गाँउपालिकामा बुझाएको भए पनी २० लाख रकम फ्रिज पठाए पछी घर खेत बेचेर पनी साहुबाट ल्याएको सामानको रकम बुझाउन पुग्दै कामदार दिनहुँ तनाव दिने गरेका छन काम गरेर पनी रकम फ्रिज पठाएकाले आफुहरु तनाबमा रहेको पुरुमुरु आरसिसी बाटो निमार्ण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर मल्लले बताए ।

प्रदेश साँसद क्षेत्र बिकास समिति अनत्रर्गतका छ वडा योजनाको सम्पुर्ण काम निमार्ण सम्पन्न भई सकेका छन । निमार्ण सम्पन्न भएका योजनाको भुक्तानी हुनु पर्ने हो ।

कामनै नभएका योजनाको बजेट फ्रिज जानु ठिकै हो तर काम भएका योजनाको समेत भुक्तानी भएन । खेति लगाउने समयमा घरको काम छोडेर १३ दिन सम्म आससिसी बाटो निमार्ण गर्दा १ किलो मिटर टाढाबाट ल्याएका ढुङ्गा बालु र गिटी बोक्दा शरिरको छाला समेत निस्किे सोरु गाँउपालिका—६ कि मसरी शाहीले गुनासो गरिन ।

काम गरेर रकम फ्रिज बठाउनु कस्तो मनसाय हो , आरसिसी बाटो निमार्ण हुनु भन्दा पहिले बर्षामा घर अगाडी पुरै हिलो र हिउदमा धुलो मात्र हुन्थ्यो अहिले आरसिसि बाटो निमार्ण भएपछी गाँउलेहरुलाई हिडडुलमा केही सहज भएपनी काम गरेको ज्याला जनप्रतिनधी र कर्मचारीले फ्रिज पठाउदा साह्रै दुख लागेको सोही गाँउका सिंगलाल शाहीको भनाई छ ।

प्रदेश तथा संघिय सरकारबाट बिनियोजित बजेट ढिलो निकासा हुने गरेका कारणले सम्झौता भई निमार्ण सम्पन्न भएका योजनाहरुको प्राबिधीक मुल्याङ्कन गर्न जान भौगलिक बिकटताका कारणले केही योजनाको निर्माण सम्पन्न भएपनी बजेट फ्रिज भएको सोरु गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले जानकारी दिए ।