संक्रमण पुष्टिको चौथो दिनसम्म पनि पठाइएन आइशोलेसन

बाँके- नेपालगञ्ज वडा नं–२ घरवारीटोलका कोरोना संक्रमितलाई पुष्टि भएको चौथौ र दोस्रो दिनसम्म पनि आइशोलेसनमा लगिएको छैन ।

त्यहाँ कोरोना पुष्टि भएका १ जना महिलालाई चौथौ र ३ जना पुरुषलाई दोस्रो दिनसम्म पनि आइशोलेशनमा नपठाईदा स्थानीयमा त्रास सृजना भएको छ ।

स्थानीयले नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई आइशोलेसन पठाउनका लागि दैनिक फोन गर्ने गरेका छन् । तर संक्रमण पुष्टि भएको चार दिनसम्म पनि आइशोलेसनमा नपठाउनु लापरवाही भएको देखिन्छ ।

संक्रमण पुष्टि भएको दिन नै आइशोलेसनमा पठाउनुपर्ने भएपनि घरवारीटोलमा २६ गते पुष्टि भएका र २८ गते पुष्टि भएका चार जनालाई अझै आइशोलेसनमा पठाइएको छैन ।

समयमा संक्रमितको व्यवस्थापन नगरिँदा समुदायमा झनै कोरोना संक्रमण फैलने सम्भावना बढि हुने स्वंय स्वास्थ्यकर्मीहरु बताउँछन् ।

तर नेपालगञ्जको यो वडामा देखिएका संक्रमितलाई हालसम्म पनि आइशोलेसनमा नलैजाँदा समुदाय संक्रमित हुने जिम्मा कस्ले लिन्छ ? स्थानीयहरुको प्रश्न छ ।