सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य

सम्भोगको दौरान एक जोडीले उक्त समयलाई सबैभन्दा सुन्दर पल बनाउन सक्छन् । तर, यसको क्रममा पुरुषले गर्ने केहि गल्तीले उक्त अवसरलाई खराब पार्नुका साथै पुरै यौन जीवनलाई धरापमा समेत पार्न सक्दछ । जब तपाई आफ्नो पार्टनरसँग यौनक्रिडामा लिप्त हुनुहुन्छ, तब तपाईले सम्भोगबाहेक अन्य पक्षमा पनि विशेष ध्यान दिनुपर्दछ । ता कि तपाईबाट केहि गल्ती नहोस् र तपाईको पार्टनरको मुड खराब बनाउदै तपाईको यौन जीवनलाई धरापमा पर्नबाट रोक्न सकियोस्।

के हुन् त सम्भोगका दौरानमा गर्न नहुने कार्य ?

केहि अंगमा मात्रै विशेष जोड दिने,

यौनको सन्दर्भमा व्यक्ति आफ्ना पार्टनरले आफ्ना यौनाङ्गमा मात्र ध्यान नदिई सम्पूर्ण शरीरका अंगलाई पनि उत्तिकै महत्व दिएको रुचाउँछन् । त्यसैले, पनि तपाईले सम्भोगका क्रममा गर्धन तथा योनाङ्ग बाहेक उनको शरीरका अन्य भागलाई पनि विशेष महत्व दिंदै विस्तारै स्पर्श गर्ने र शरीरमा जताततै आफ्नो हात डुलाउने र ‘फोरप्ले’लाई पनि प्राथमिकता दिनुपर्छ । अन्यथा पार्टनरले तपाईले आफ्नो सन्तुष्टिलाई मात्र प्राथमिकता दिएको गलत बुझ्न सक्छन् ।

फोकस नहुनु वा एकै ठाउँमा हेरिहरनु,

दुई पार्टनरबीच कोहि एक जनाले मात्रै पनि यसो गरेमा अर्काे पार्टनरलाई यो कुरा पाच्य हुँदैन । अर्थात् एक जोडी यौनका लागि तयार हुँदै गर्दा ती दुईमध्ये एकजना बिना प्रतिक्रिया रहन्छ भने न त ती जोडीले पुर्ण यौन सन्तुष्टि प्राप्त गर्न सक्छन्, न त खुसी नै हुन सक्छन् । यस्तो गलत बानी भविष्यमा गएर दम्पत्तिको यौन जीवनको निम्ति घातक बन्न सक्छ । त्यसैले पनि सम्भोगको दौरानमा तपाई आफ्नो पूर्ण फोकस आफ्नो पार्टनरलाई दिनुपर्छ ।

निदाउनु,

अधिकांश यो गल्ती पुरुषबाट हुने गरेको पाइन्छ । उनीहरु आफ्नो वीर्य स्खलनन हुनासाथ निदाउने गर्छन् । जुन यौन जीवन एवम् आपसी सम्बन्धको निम्ति हानिकारक रहेको छ । त्यसैले पनि सम्भोगपछि आफूहरु एक आपसमा बातचित गर्ने, सँगै खाना खाने वा मसाज गर्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ ।

आफ्नो पूर्वप्रमिका वा सम्बन्धको नाम लिने,

कयौंपटक यो गल्ती अन्जानमै पनि व्यक्तिबाट हुन पुग्दछ । व्यक्तिले आफूसँग प्रगाढ सम्बन्ध भएको पार्टनर, श्रीमती वा प्रेमिकाको नाम सम्भोगको दौरानमा आफ्नो मुखबाट निकाल्ने गर्छन् । जुन आपसीको निम्ति एकदमै घातक रहन्छ । त्यसैले पनि व्यक्ति यसप्रति भने सचेत रहनुपर्छ ।

सम्भोगको निम्ति हतार गर्नु,

सम्भोगको निम्ति हतार गर्ने तपाईको बानीले पार्टनरको मनमा तपाईप्रति नकरात्मक भाव पैदा हुन सक्छ । त्यसैले पनि तपाईले आफ्ना पार्टनरसंग विस्तारै क्रमिक रुपमा बातचित गर्दै शरीरको विभिन्न भाग हुदै बल्ल पार्टनरको संकेतपछि मात्रै सम्भोगको लागि तयार हुनुपर्छ ।

मादक पदार्थको प्रयोग,

त्यसो त रोमान्टिक मुडका निम्ति हल्का अल्कोहोलको प्रयोगलाई उपयुक्त मानिएता पनि वास्तविकता भने व्यक्तिले अत्याधिक पिएर आफ्नो पार्टनरसँग नशाको तालमा जबरजस्ती गर्ने वा आफ्नो इच्छालाई मात्रै प्राथमिकता दिने गर्छन् । जसले तपाईको यौनजीवनलाई नै खलबल पार्नका निम्ति पर्याप्त हुन्छ । त्यसैले पनि सम्भोगका क्रममा अल्कोहोलको प्रयोग नगर्नु नै उपयुक्त रहन्छ ।

बेकारको कुराकानी र अनावश्यक कुरा शेयर गर्ने,

सम्भोगका क्रममा चुप बस्नुभन्दा पनि आफ्ना पार्टनरसँग कुराकानी गर्नु उचित भनिएता पनि तपाई बेफजुलको बातचितबाट बच्नुपर्छ । यस क्रममा तपाईले आफू उनीसँग कत्तिको प्रेम गर्नुहुन्छ त्यो बताउनुपर्छ । यसका साथै महिला पार्टनर छ भने वा तपाई पुरुष हो भने तपाईले आफ्नो पार्टनरको सुन्दरताको प्रशंसा पनि गर्न सक्नुहुन्छ । तर, यसै क्रममा कतिपयले आफ्नो गोप्य कुरा पनि सेयर गर्न सक्छन् । जुन भविष्यका लागि र तपाईको यौन जीवन र पार्टनर बीचको सम्बन्धमा फाँटो ल्याउन सक्छ । त्यसैले सम्भोगका क्रममा आफ्नो पार्टनरसँग अनावश्यक कुरा सेयर गर्ने आफ्नो बानीलाई तपाईले कन्ट्रोल गर्नुपर्ने हुन्छ । -एजेन्सीको सहयोगमा