मुगु- चुलो चौकोमा सिमितहुने मुगुका महिलाहरु पछिल्लो समय तरकारी उत्पादन गरेरै जिविकोपार्जन गरिरहेका छन् ।
जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ३ अन्तर्गत सदरमुकाम गमगढी बजारको शिरमा रहेको हेर्निकाँधगाउका स्थानीय महिलाहरु तरकारी बेचेरै आत्मनिर्भर बन्दै गएकाहुन ।
उनीहरुले स्थानीय रैथाने बालि कोदो, मकै, जौ , लगायत अन्य नगदे बालीहरुलाई उत्पादनमा घटाई तरकारी खेतिमा मनग्य आम्दानि देखेपछि उनीहरुले रैथाने बालि उत्पादनगर्न छोडेको छायानाथ रारा नगरपालिका वडा नं ३ की तरकारी महिला किसान सत्यरुपा कार्किले बताईन ।
२०५० सालबाट तरकारी खेतिगर्दै आईरहेका छौ उनले भनिन् , यो खेतितर्फ लागे पछि घर खर्च टार्नुका साथै छोरा छोरी लाई पठनपाठनमा उत्तिकै टेवा पुगेको कार्कीको भनाई छ ।
अहिले कार्कीले आफ्नो बारीमा टमाटर, प्याज, हरियो सागसब्जी , भेन्टा , लगायतका दर्जनौ तरकारीहरु उत्पादन गरि रहेको बताइन।