१६ वटा स्थानमा सिकाई केन्द्र सञ्चालन

मुगु- हिमाली जिल्ला मुगुमा रहेका गैर सरकारी संस्था र्किडाक नेपाल मुगु र गुडनेवर्स ईन्टरनेसनल मुगुले ग्रामिण भेगका बालवालिकालाई सिकाई केन्द्र कक्षा सञ्चालन गरेका छन् ।

विश्वम हामारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस कोभिड १९ का कारण नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिलाई मध्येनजर गर्दे यस संस्थाले घरमा बसेका बालवालिकालाई पठनपाठनमा पुर्ण विराम नलागोस भनि सिकाई केन्द्र सञ्चालन गरेको किर्डाक नेपाल मुगुले जनाएको छ ।

संस्थाका अनुसार जिल्लाका ४ वटा स्थानीयतहका १६ वटा स्थानमा सञ्चालन गरेको किर्डाक नेपाल मुगुका कार्यक्रम अधिकृत शिवलाल बुढाले जानकारी दिए । उनका अनुसार छायानाथ रारा नगरपालिकाका वडा नं १० को घटट्लेख , वडा नं ७ को सिगाडी , लुम , र कार्किवाडा गरि ४ वटा स्थानमा सञ्चालन  गरिएकाे छ। त्यस्तै सोरु गाउपालिकाको नाथर्पु , सिपमा भएका छन् भने खत्याड गाउँपालिकाको सेरी , लमेरा , डुङरी , ह्याङलु , नखर्जि , र मुगुमकार्मारोङ्ग गाउँपालिकाको माग्रि , खारी , र चिताईमा सिकाई केन्द्र कक्षा सञ्चालन गरेको बुढाको भनाई छ ।

पछिल्लो समय लकडाउनले गर्दा विनाकाम बालवालिकाहरु घरमा खेल्ने गरेको र पढाई तिर पनि ध्यान नगएको हँुदा पठनपाठनमा थोरै भएपनि केही ज्ञान हासिलगरुन भनि सिकाई केन्द्र सञ्चालन गरिएको संस्थाले जनाएको छ ।