हास्य कलाकार चम्सुरी को दुवै मिर्गौला फेल

काठमाडौं – हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को दुवै मिर्गौला फेल भएको छ। हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।

उनि एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन्।

पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। तर छोरीहरुले थाहा नपाऊन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन्।
उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । दीपाले भनिन्–‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ । यसपछि म भेट्न पुगेकी हुँ ।’

अस्पतालमा डाइलसीस चलिरहँदा केही दिनदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्। पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

स्वास्थ्य गम्भीर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *