नेपालीले अस्थिरताको दुश्चक्र ब्यहोर्नुपर्ने भो : मुख्यमन्त्री शंकर पोखरेल


काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लख्नुभएको छ ‘सूदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपालीले अस्थिरताको दुश्चक्र ब्यहोर्नुपर्ने भो।’ अदालतले आजै देउवाको पक्षमा फैसला सुनाउँदै २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।