काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।
थापाले सामाजिक सञ्जालमा ट्विटरमा प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो ।
बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-
“सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा— Kamal Thapa (@KTnepal) July 12, 2021