अब देशले ओलीतन्त्र बेहोर्नु पर्नेछैन :माओवादी केन्द्रका नेता वर्षमान पुन

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताउनुभएको छ ।

उहाँले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तीहरुलाई बिशेष धन्यवाद पनि उहाँले दिनुभएकोे छ ।