कर्णालीमा बढे बलात्कारका घटना, हरेक वर्ष दुइ सय बढी घटना

तस्बीर सांकेतिक

सुर्खेत – कर्णाली प्रदेशमा बलत्कारका घटना धेरै घटने गरेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा बढि बलात्कारका घटना घटने गरेका हुन ।

सबैभन्दा बढि घटना सुर्खेतमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी एसएसपी अर्जुन चन्दका अनुसार सुर्खेतमा चालु आर्थिक वर्षमा मात्रै ६७ वटा घटना दर्ता भएका छन् । सुर्खेतमा आर्थिक वर्ष ०७५/०७६ मा जवरजस्ती करणका ६७ घटना भएका थिए । सोही वर्ष १९ वटा जर्बजस्ती करणी उद्योग अर्न्तगतका घटना घटेका थिए । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ८३ घटना घटेको उनको भनाई छ ।

दैलेखमा चालु आर्थिक वर्षमा २५ र जाजरकोटमा १५ घटना भएका छन् । रुकुममा १३, सल्यानमा ३५, जुम्लामा ९, हुम्लामा १०, मुगुमा तीन र कालिकोटमा ४ वटा घटना भएको प्रहरीकाे रेकर्डमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा १९० र २०७६/७७ मा १९९ घटना भएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८७ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भइसकेको एसएसपी चन्दले जानकारी दिए ।

‘समाजमा छाडापन बढिरहेको छ । र बलात्कारका घटना यसअघि कम आउने भएपनि अहिले उजुरी दर्ता गर्ने काममा बढोत्तरी भइरहेको उनकाे भनाइछ । उनले गाउँमा हुने यस्ता जघन्य अपराधका घटना लुकाउने प्रचलन अहिलेपनि रहिरहेको बताउँदै बलात्कारका विरुद्ध सबैको आवाज बुलन्द हुनुपर्नेमा जोड दिए ।