काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले छिट्टै सहमतिमा पुग्न लागेको बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै बिष्टले वार्ता निकै सकारात्मक भएको बताए।
‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ, समय भन्न सक्दिनँ तर छिट्टै सहमतिमा पुग्छौं,’ बिष्टले भने। कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो।