पूर्वराजा शाह ७५ औँ वर्षमा प्रवेश

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश गरेका छन्। वि.सं. २००४ असार २३ गते राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको कोखबाट माइला छोराको रुपमा पुरानो नारायणहिटी राजदरबारमा शाहको जन्म भएको थियो।

शाह दुईपटक नेपालको राजा भएका थिए। उनी नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भए।

शाहले यसअघि आफ्नो जन्मोत्सव निर्मल निवासमा मनाउने गरेपनि कोरोना महामारीपछि रोकिएको छ।