दैलेखको महावु गाउँपालिकाले ल्यायो ३९ करोड ४८ लाख बढिको बजेट

दैलेख – दैलेखको महावु गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/ ०९ का लागि ३९ करोड ४८ लाख १५ हजारको बजेट ल्याएको छ।

गाउँपालीले आफ्नो नवौँ गाउँसभामा आगामी आर्थिक बर्षको उत्त बजेट पेश गरेको हो ।

पुँजीगत तर्फ १० करोड ९ लाख र चालु तर्फ ७ करोड २४ लाख बराबर बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाले बताउनुभयो ।

यस्तै परम्परागत कृषि प्रणाली लाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणालीमा ल्याईएको र
शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण लगायतका भौतिक संरचना बनाईएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

साथै प्राविधिक तथा बौद्धिक जनशक्ति कमी भएकोले चाहे जस्तो विकास गर्न नसकिएको उपाध्यक्षको भनाई छ । वार्षिक भोकमरीको अवस्था यथावत् भएकोले श्रम मा आधारित रोजगारीको अवसर अगाडी ल्याउनुका साथै प्रधानमन्त्री, मुख्यमंत्री, अध्क्षय रोजगार जस्ता कार्यक्रम बाट रोजगारी सिर्जना भएको छ ।

गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रमलाईसडकलाई प्रमुख प्राथमिकतामा राखेको छ । पालिकाका सबै सडक स्तरउन्नती गरिने कार्यक्रम रहेको छ ।

कृषि तर्फ खाद्य अधिकार मध्यनजर गरी कृषि मा आत्मनिर्भर हुने गरी बजेट व्यवस्थापन गरिएको छ । जग्गा सिञ्चित गर्न बाँकी जग्गालाई यसै वर्ष सिञ्चित गराइने छ । यस्तै मुख्य बजार क्षेत्र कालोपत्रेको पहल गरिनेछ ।

खानेपानीका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण अभियानलाई निरन्तरता दिईएको छ । यसअघिको अभियानले अहिले २ हजार घरधुरीले स्वच्छ पिउने पानी पाएका छन् । यस्तै अध्क्षय रोजगार कार्यक्रम मार्फत रोजगार सिर्जना गरि, विद्युत विस्तार, महिला उद्यम, गरीब तथा विपन्न परिवार

लाई श्रम तथा रोजगारको व्यवस्था गरिनेछ।
सामाजिक विकास तर्फ
कोरोनाले विद्यार्थीको पठन पाठन खस्किएको मा यसलाई प्रविधि मैत्री बनाइने छ ।
कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम उपलब्ध गरेन छ ।
उत्कृष्ट छात्रालाई छात्रवृत्तिको व्यवस्थापन गरिनेछ ।
सबै स्वास्थ्य संस्थालाई थापा सुधार गरिनेछ ।
माहाबु अस्पताल सञ्चालनमा आएको छ ।
उक्त भवनबाट थापा सुविधा सम्पन्न बनाउने छ ।