सिम्ता गाउँपालिकाले ल्यायो अध्यक्ष स्वरोजगार कार्यक्रम सहित ५० करोडको वजेट

सुर्खेत  – सिम्ता गाउँपालिकाको गाउँ सभाले आगामि आर्थिक वर्षको लागिको ५० करोड ८० लाख ३० हजार १ सय ५३ रुपैयाँको वजेट विनियोजन गरेको छ ।

केन्द्रको प्रधानमन्त्री स्वरोजगार ,प्रदेशको मुख्यमन्त्री रोजगार जस्तै स्थानीय तहको अध्यक्ष स्वरोज कार्यक्रमका लागि यो वजेट अधिवेशनले २ करोड वजेट विनियोजन गरेको छ ।यो गाउँ सभाको महत्त्वपूर्ण कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले वताए ।उनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा युवा रोजगार र अध्यक्ष स्वरोजगार कार्यक्रमलाई महत्त्व दिएको छ ।

आगमि वर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष चन्द्रकला शाहीले आन्तरिक स्रोतबाट २ करोड ५ लाख,राजश्व बाँडफाँड ८ करोड ९९ लाख २४ हजार,संघीय सरकार सामानिकरण तर्फ १० करोड ७३ लाख,संघकै चालू तर्फ २३ करोड १२ लाख,संघकै पुजींगत तर्फ १ करोड,समपुरक ७० लाख,प्रदेश सरकार समानिकरण १ करोड १३ लाख,प्रदेशकै पुजिगत तर्फ १ करोड ५७ लाख,समपुरक १ करोड १५ लाखको स्रोत परिचालन हुने जनाएको छ ।

त्यससँगै आगामि वर्षको खर्च तर्फ गाउँपालिकाको गौरवका आयोजना इन्द्र विसि फास्ट्र्याक र ॠषि स्मृति चक्रपथको लागि २ करोड वहुवर्सिया योजना,चालू वर्षको अधुरा बाँकी काम रहेका योजना पुरा गर्नेका लागि १ करोड ५० लाख,खानेपानी सरसफाइ तथा एक घर एक धारा अभियानका लागि १ करोड,सोहि योजनाको विभिन्न निकायसँग साझेदारी अनुरुप १ करोड ८५ लाख,कृषि तर्फ ३५ लाख,पशु तर्फ २५ लाख,शिक्षा तर्फ १ करोड ६० लाख,स्वास्थ्य तर्फ १ करोड ४५ लाख,महिला तथा न्याय कानुनी तर्फ ३० लाख,सहकारी तथा आर्युर्वेद तर्फ १० लाख,कोभिड(१९ का लागि ४३ लाख ४१ हजार र वडास्तरको सिलिंग १५ लाखका दरले जम्मा १ करोड ३५ लाख वजेट व्यय तर्फ विनियोजन भएको जनाएको छ ।

यश वर्षको प्रधानमन्त्री स्वरोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको काम उत्कृष्ट भएकोले अध्यक्ष रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर रानाले जानकारी दिएका छन् ।वजेट अधिवेशन आज नै सम्पन्न भएको छ।