ओलीलाई फोनमा प्रचण्डको जवाफ : तपाईंभन्दा कांग्रेस सयौं गुणा वामपन्थी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भन्दा नेपाली कांग्रेस सयौं गुणा वामपन्थी भएको बताउनुभएको छ ।

ओलीले केही दिनअघि आफूलाई फोन गरेर ुकांग्रेससँग मिलेर वामपन्थीको सरकार सिध्याउन लागेकोु भनेपछि आफूले ओलीलाई यस्तो जवाफ दिएको प्रचण्डले बताउनुभयो ।

ुकेहीदिन अघि उहाँ (ओली)ले मलाई फोन गर्नुभयो र सोध्नुभयो, तपाईं शेरबहादुर र कांग्रेसलाई बोकेर हामीलाई सिध्याउन हिँड्नुभएको छ, वामपन्थी सरकार सिध्याउने अनि कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइनरु भन्नुभयो, विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीसँगको संवाद सुनाउँदै प्रचण्डले भने, मैले कांग्रेस त अहिले तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो त गर्नुहुन्छ के

 यस्तै प्रचण्डले थप्नुभयो ‘उ संविधान रक्षा गर्नुपर्छ भन्छ,तपाईं संविधान सिध्याउन हिँड्नुभएको छ। कांग्रेस लोकतन्त्रको रक्षा गर्न विदेशीको टाङमुनि छिरेर दलालहरूलाई ल्याउन थाल्नुभएको छ। अनि कांग्रेस दक्षिणपन्थी तपाईं वामपन्थी कसरी हुन्छरु भनेपछि उहाँले भाषण धेरै नगर्नुस् भन्नुभयो।