सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७८९०७९ का लागि ५९ करोड बढीको बजेट ल्याएको छ ।
नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले विहिबार नगरपालिको नवौँ नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने र वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।
पत्रकारिता क्षेत्रको विकासका लागि नेपाल पत्रकार महासंघ सुर्खेतसँग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका कार्यक्रम नगरसभामा पेश गरिएको छ ।
यस्तै खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।