विराटनगर – प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ । विराटनगर कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा न्यायाधीवक्ता आचार्यलाई संक्रमण देखिएको हो । विराटनगर ५ निवासी मुख्य न्यायाधीवक्ता आचार्यसहित उनका परिवारका दुई सदस्यमा पनि कोरोना देखिएको छ । आचार्यले आफू पछिल्लो १० दिनयता घरमै रहेको बताए । उनलाई १० दिन अगाडि सामान्य ज्वरो आएकोमा अन्य लक्षण देखिएको छैन । आइतबार आचार्यसहित परिवारका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको र खासै लक्षण नरहेको आचार्यले जानकारी दिए । ‘धेरै मिटिङमा सहभागी भएको र सुरक्षाकर्मीसँग पनि सम्पर्क हुने गरेकोले कहाँबाट कोरोना स¥यो भन्ने यकिन भएको छैन,’ उनले भने ।
ताजा खबर