सल्यानमा विपद् जोखिम पुर्व तयारीको अभ्यास

 सल्यान – ‘ऐया मरे बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराई रहेका थिए भने कोही घाइेतेलाई स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लादै थिए ।

सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाईतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा शारदा नगरपालिका सिमखर्कमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।

पहिरोकोे कृत्रिम घटना बनाएर खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको नेपाली सेनाले जनाएको छ । विपद्का घटना जहाँपनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको सवुज गण सिमखर्क व्यारेकका गणपति घनश्याम भट्टराईले बताए। उनले भने ‘पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी हुने गर्दछ । पहिरो आइहाले कसरी मानविय तथा भौतिक सम्पत्तिको क्षति हुनबाट बचाउन सकिन्छ भनेर अभ्यास गराएका हौं ।’
बाढी पहिरो आइहालेमा त्यसको खोज तथा उद्दार कसरी गर्ने भनेर अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम पोखरेलले बताए।

विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने पोखरेलको भनाई रहेछ।